२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टरका भार्डी इटालियन सिरी ए क्लब क्रेमोनेजमा अनुबन्धित



अ+ अ-

एजेन्सी । पूर्व लेस्टर सिटी र इंग्ल्याण्डका स्ट्राइकर जेमी भार्डी इटालियन सीरी ए क्लब क्रेमोनेजसँग निःशुल्क ट्रान्सफरमा आवद्ध भएका छन् ।

३८ वर्षीय भार्डीले एक वर्षको करारमा हस्ताक्षर गरेका छन् भने यसका साथै थप एक वर्षको विकल्प उपलब्ध हुनेछ ।

भार्डी २०१२ मा लेस्टरमा आवद्ध भएका थिए भने यस वर्ष जुन महिनामा किङ पावर स्टेडियमसँगको करार सकिएपछि क्लबविहीन रहेका थिए ।

लेस्टरको इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक मानिने उनले २०१५–१६ को प्रिमियर लिग उपाधि जित्ने क्रममा अग्रपंक्तिमा टोलीलाई नेतृत्व गरेका थिए ।

उनले क्लबका लागि ५०० खेलमा २०० गोल गरेका छन् भने सन् २०२१ मा एफए कप पनि जितेका थिए । उनले इंग्ल्याण्डका लागि २६ खेल खेल्दा सात गोल गरेका छन् ।

यसैबीच, क्रेमोनेजले यस समरमा इटालियन शीर्ष लिगमा फर्किएपछि शासुओलो र एसी मिलानलाई पराजित गर्दै आफ्नो सुरुवाती दुवै खेल जितेको छ ।

भार्डीले क्रेमोनेजको तर्फबाट आफ्नो पहिलो खेल सोमबार, सेप्टेम्बर १५ मा हेलास भेरोनाविरुद्ध अवे मैदानमा खेल्न सक्नेछन् ।