१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका हरिराम सुवाल बने पिएचडी गर्ने नेपालकै पहिलो वडाध्यक्ष



अ+ अ-

बलराम प्यासी

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरुको योग्यताको कुरा गर्ने हो भने बोल्नेधेरै तरशैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी (अण्डर एसएसली) भएको पाइन्छ । यस्तो अवस्थामा भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले भने विद्यावारिधि गरेर विद्यावारिधि गर्ने नेपालकै पहिलो वडाध्यक्षको रुपमा रेकर्ड राख्न सफल भएका छन् । 

त्यतिमात्रै नभई डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रुपमा समेत दरिएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उतिर्ण गरेका छन् । 

वडाध्यक्ष डा.सुवालले केही दिनअघि त्रिभुवन विश्व विद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए । 

२०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा डा.सुवाल नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । उनी सो पार्टीको ६ नं वडाको वडासमिति सचिवको साथै नेमकिपाको जनवर्गीयसंगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’को केन्द्रीय सचिव पनि हुन । विद्यावारिधि उतिर्ण गरेसंगै डा.सुवाल नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मा धेरैविषय अध्ययन गर्ने नेता समेत बनेका छन् ।

भक्तपुरको ब्यासीस्थित बासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका चोछें भक्तपुरकावडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन, उनले पोलिटिकल साइन्स र इतिहास गरि दुईवटा विषयमा स्नातकोत्तर गरेका छन् । साथै शिक्षा, कानून र मानवीकि गरि तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् । डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमासर्वाेत्कृष्ट भई कलेज टपर समेत भएका थिए ।

बाबु कृष्णनारायण र आमा विष्णु सुवालकादुई छोरामध्ये कान्छो छोराको रुपमा २०३४ साल मंसीर ९ गते चोछें भक्तपुरमा जन्मेका डा.सुवालका ३ दिदीवहिनी छन् ।

नेपाल मजदूर किसान पार्टीले भक्तपुरमा लागु गरेको‘एक घर, एक स्नातक’को अवधारणा अनुसार पछिल्लो समयमा भक्तपुर नगरक्षेत्रमा कम्तिमा स्नातक तह उतिर्ण गर्ने शिक्षित युवाहरुको संख्या बढीरहेको छ भने उच्च शिक्षा (स्नाकोत्तर तह) अध्ययन गर्नेहरुकोसंख्या पनि उल्लेख्य रुपमा बढीरहेको छ ।