२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडर्सन फेनरबाचेमा आबद्ध भएपछि म्यानचेस्टर सिटीले डोनारुम्मालाई भित्र्यायो



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट गोलकिपर जियानलुइजी डोनारुम्मालाई अनुबन्ध गरेको छ । सिटीले एडर्सनलाई फेनरबाचे बेचिसकेपछि यो सम्झौता गरेको हो ।

स्विजरल्याण्डका डिफेन्डर म्यानुएल अकान्जीले पनि ट्रान्सफर डेडलाइनअघि सिटी छाड्दै इन्टर मिलानमा एक सिजनका लागि लोनमा जाने सम्झौता गरेका छन् ।

सिटीले डोनारुम्माका लागि २६ मिलियन तिर्ने भएको छ । उननी पाँच वर्षको सम्झौतामा क्लबमा आएका हुन् । जसमा थप एक वर्षको विकल्प समेत रहेको जनाइएको छ ।

२६ वर्षीय डोनारुम्मा लिग–१ र च्याम्पियन्स लिग विजेता पिएसजीमा अब आवश्यक नभएको खेलाडी बनेका थिए । किनभने क्लबले लिलबाट लुकास शेभालियरलाई अनुबन्ध गरेको थियो । उनले पिएसजीसँगको सम्झौतामा प्रवेश गर्नुअघि अन्तिम वर्षमा प्रवेश गरिसकेका थिए ।

पूर्व एसी मिलान गोलकिपर डोनारुम्मासँग ४१२ क्लव खेल खेलेको अनुभव छ । साथै उनले इटालीका लागि ७४ खेल खेलेका छन् र यूरो २०२० को फाइनलमा इंग्ल्यान्डलाई हराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनी यस वर्ष सिटीले साइन गरेका सातौं खेलाडी तथा दोस्रो गोलकिपर हुन् । यसअघि जेम्स ट्राफर्ड बर्नलीबाट सिटी आएका थिए ।

“म्यानचेष्टर सिटीमा साइन गर्नु मेरो लागि विशेष र गर्वको क्षण हो,” डोनारुम्माले भने ।

“म विश्वस्तरीय खेलाडीले भरिएको टोलीमा सामेल हुँदैछु र फुटबलको इतिहासकै महान प्रशिक्षकमध्ये एक, पेप ग्वार्डिओलाले नेतृत्व गरेको क्लबमा आएको छु । यो क्लबमा खेल्न पाउनु संसारकै कुनै पनि खेलाडीको सपना हो । अब यस क्लबका लागि खेल्न पाउनु मेरो लागि ठूलो सम्मान र अवसर हो ।” उनले भने ।

त्यसैगरी, टर्कीको फेनरबाचेले ३२ वर्षीय एडर्सनका लागि १२.१ मिलियन तिर्ने भएको छ । एडर्सनले सिटीमा आठ वर्षको यात्रामा छैटौं प्रिमियर लिग उपाधि र च्याम्पियन्स लिग जितेका थिए ।