१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी भित्रिने मुख्य नाकामा निर्माण गरिएको टनेल सञ्चालनमा



अ+ अ-

काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ । 

काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो । सवारी साधनलाई डिसइन्फेक्सन गर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । नागढुंगामा सुन्दर यातायातको सहयोगमा निर्माण भएको हो । उपत्यका भित्रिने अन्य नाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । प्रजिअ दाहालले यात्रुहरुलाई उपत्यका प्रवेश निषेध गरिएको उहाँले बताउनुभयो । मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअ दाहालले बताउनुभयो ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले सवारीमा भएको किटाणु निष्कृय पार्नका लागि टनेल निर्माण भएको बताउनुभयो । छिमेकी भारतबाट ठूलो संख्यामा मालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उहाँले डिसइनफेक्सन गरेर मात्रै उपत्यका प्रवेशको व्यवस्था मिलाईएको बताउनुभयो । यसले मावन स्वास्थ्यमा भने कुनै असर गर्नेछैन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले लक डाउनको प्रोटोकल अनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिन नदिने कुरामा विशेष ध्यान दिइएको बताउनुभयो ।

टनेलको सुरक्षा र सञ्चालन महानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यका भित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।