१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयलाई सेभ द चिल्ड्रेनको सहयोग



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । 

सेभ द चिल्ड्रेनले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ थान पीपीई सहित एन ९५ मास्क लगायतका स्वास्ग्य सामग्री उपलब्ध गराएको हो । स्वास्थ्य सामग्रीहरु मध्ये ३ सय ४३ थान पीपीई प्रदेश नम्बर २ को लागि र २ सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ । बाँकी १ हजार २ सय थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताउनुभयो । उहाँले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुने र तोकिएको ठाउँमा छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त  गर्नुभयो ।

कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताउनुभयो । नेपालमा सेभ द चिल्ड्रेनले विगत ४० वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।