३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग क्लबहरूको कीर्तिमानी खर्च, ट्रान्सफर विन्डोमा ३ अर्ब पाउण्ड नाघ्यो



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लबहरूले यसपटकको ट्रान्सफर विन्डोमा अहिलेसम्मकै धेरै खर्च गरेका छन् । जसअन्तर्गत यस समरमा खर्च ३ अर्ब पाउण्ड (३.०८७ अर्ब) नाघेको छ ।

३१ अगस्टसम्ममा २.७३ अर्ब खर्च भइसकेको थियो । तर अन्तिम दिन (डेडलाइन डे)मा ठूला सम्झौताहरू भए । विशेषगरी एलेक्जान्डर इसाकको न्युक्यासलबाट लिभरपुल जाने ब्रिटिश कीर्तिमान १२५ मिलियन पाउण्डको ट्रान्सफरपछि कुल खर्च ३.०८७ अर्ब पुगेको हो ।

यो अघिल्लो वर्षको तुलनामा धेरै हो, जब शीर्ष श्रेणीका क्लबहरूले जम्मा १.९६ अर्ब मात्र खर्च गरेका थिए ।

यस वर्षको खर्च जर्मनीको बुन्डेसलिगा, स्पेनको ला लिगा, फ्रान्सको लिग १ र इटालीको सिरी ए का सबै क्लबहरूले खर्च गरेको भन्दा बढी हो ।

डेडलाइन डे का प्रमुख सम्झौताहरू
अन्तिम दिन सामान्यतया खेलाडी स्थानन्तरणका लागि शान्त देखिएको थियो, किनभने प्रमुख सम्झौता बेलुकी ७ बजे विन्डो बन्द भएपछि मात्र सार्वजनिक भए ।

सम्झौताको कागज समयमै बुझाइएमा त्यसपछि दुई घण्टा भित्र पनि डिल पूरा गर्न सकिने सुविधा थियो ।

स्विडिस स्ट्राइकर इसाकको स्थानान्तरण राति ९ः३० बजे पुष्टि भएको थियो । तर इङ्ल्यान्ड डिफेन्डर मार्क गीहीको अपेक्षित स्थानान्तरण भने असफल भयो, किनभने क्रिस्टल प्यालेसले आफ्ना कप्तानको विकल्प ल्याउन नसक्दा डिल रोकिदियो ।

इसाकको प्रस्थानको घोषणापछि न्युक्यासलले ब्रेन्टफोर्डबाट योआने विस्सालाई ५५ मिलियनमा अनुबन्ध गरेको घोषणा गर्‍यो ।

अन्य चर्चित सम्झौताहरूः

फुलह्यामले शख्तर डोनेत्स्कका ब्राजिलियन विङ्गर केभिनलाई क्लब–रेकर्ड ३४.६ मिलियनमा अनुबन्ध गर्‍यो ।

म्यानचेस्टर युनाइटेडले रोयल एन्ट्वर्पबाट बेल्जियन गोलकिपर सेन्ने लामेन्सलाई सुरुवाती १८.१ मिलियनमा भित्र्यायो ।

रेड डेविल्स फर्वार्ड जाडोन सान्चो एस्टन भिल्लामा एक सिजनका लागि गए, जसले लिभरपुल मिडफिल्डर हार्भी इलियटलाई पनि ‘खरिद विकल्प’ सहित लोनमा ल्यायो ।

टोटनह्यामले पेरिस सेन्ट–जर्मेनका स्ट्राइकर रान्डल कोलो मुआनीलाई एक सिजनका लागि लोनमा अनुबन्ध गर्‍यो ।

आर्सनलले बायर लेभरकुसेनका डिफेन्डर पिएरो हिंकापीलाई लोनमा भित्र्यायो ।

शीर्ष लिगमा बढुवा भएको सनडरल्यान्डले खर्चिलो अभियानलाई निरन्तरता दिँदै एयाक्सका फर्वार्ड ब्रायन ब्रोबे र बर्ट्रान्ड ट्राओरेलाई, साथै आरबी लाइपजिगका डिफेन्डर लुटसरेल गेरट्रुइडालाई एक सिजनका लागि लोनमा अनुबन्ध गर्‍यो ।