१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र प्रेस नै काँग्रेसको मान्यता हो- डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री ड. प्रकाशशरण महतले स्वतन्त्र प्रेस नै नेपाली काँग्रेसको मान्यता भएको बताएका छन् । आज विश्व प्रेस स्वन्त्रता दिवसका अवसरमा दिएको सन्देशमा उनले नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र नीर्भिक रुपमा प्रेस जगतले अपनाउने प्रेस स्वतन्त्रता नै नेपाली काँग्रेसको मान्यता तथा सिद्धान्त हो भनेका छन् । 

आज बिश्व प्रेस स्व्तन्त्रता दिवसका अवसरमा नेपालका सबै आमसञ्चारकर्मीहरुलाई शुभकामना दिँदै डा.महतले यस अबसरमा प्रेस स्व्तन्त्रता र यसको मर्यादामा बिश्वास राख्ने सम्पुर्ण नेपाली संचारकर्मीसाथीहरूमा शुभकामना तथा मेरो एक्यवद्धता छ भनेका छन् । 

नेपाल सरकारले प्रेस स्वतन्त्रता माथी गर्दै आएको थिचोमिचो र दमनको सन्दर्भमा यो वर्षको विश्व स्वतन्त्रता दिवसको नारा सारै उपयुक्त रहेको पनि उनले सो सन्देशमा जनाएका छन्। यसवर्ष अर्थात् सन् २०२० को विश्व प्रेस स्वतन्त्रता दिवसको नारा युनेस्कोले भय र पक्षधरतामुक्त पत्रकारिता राखेको छ ।   

सो सन्देशमा सहमहामन्त्री डा.महतले स्वतन्त्र प्रेस र आधिकार खोस्ने कुनै पनि प्रबृत्ति र निर्णय हामीलाइ अमान्य छ भनेका छन् । उनले नेपाली प्रेसले ठूलो त्याग र बलिदानबाट पूर्ण प्रेस स्वतन्त्रता प्राप्त गरेको प्रसंग उल्लेख गर्दै प्रेस स्वतन्त्रताका विरुद्धमा वर्तमान सरकारले समय समयमा धावा बोल्ने गरेको र आफ्नो छत्रछायाँमा नै प्रेस जगत रहोस् भन्ने चाहेको आरोप लगाएका छन् ।