२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र प्रेस नै काँग्रेसको मान्यता हो- डा.महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री ड. प्रकाशशरण महतले स्वतन्त्र प्रेस नै नेपाली काँग्रेसको मान्यता भएको बताएका छन् । आज विश्व प्रेस स्वन्त्रता दिवसका अवसरमा दिएको सन्देशमा उनले नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र नीर्भिक रुपमा प्रेस जगतले अपनाउने प्रेस स्वतन्त्रता नै नेपाली काँग्रेसको मान्यता तथा सिद्धान्त हो भनेका छन् । 

आज बिश्व प्रेस स्व्तन्त्रता दिवसका अवसरमा नेपालका सबै आमसञ्चारकर्मीहरुलाई शुभकामना दिँदै डा.महतले यस अबसरमा प्रेस स्व्तन्त्रता र यसको मर्यादामा बिश्वास राख्ने सम्पुर्ण नेपाली संचारकर्मीसाथीहरूमा शुभकामना तथा मेरो एक्यवद्धता छ भनेका छन् । 

नेपाल सरकारले प्रेस स्वतन्त्रता माथी गर्दै आएको थिचोमिचो र दमनको सन्दर्भमा यो वर्षको विश्व स्वतन्त्रता दिवसको नारा सारै उपयुक्त रहेको पनि उनले सो सन्देशमा जनाएका छन्। यसवर्ष अर्थात् सन् २०२० को विश्व प्रेस स्वतन्त्रता दिवसको नारा युनेस्कोले भय र पक्षधरतामुक्त पत्रकारिता राखेको छ ।   

सो सन्देशमा सहमहामन्त्री डा.महतले स्वतन्त्र प्रेस र आधिकार खोस्ने कुनै पनि प्रबृत्ति र निर्णय हामीलाइ अमान्य छ भनेका छन् । उनले नेपाली प्रेसले ठूलो त्याग र बलिदानबाट पूर्ण प्रेस स्वतन्त्रता प्राप्त गरेको प्रसंग उल्लेख गर्दै प्रेस स्वतन्त्रताका विरुद्धमा वर्तमान सरकारले समय समयमा धावा बोल्ने गरेको र आफ्नो छत्रछायाँमा नै प्रेस जगत रहोस् भन्ने चाहेको आरोप लगाएका छन् ।