२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीको चाप बढेपछि उपत्यकामा समस्या



अ+ अ-

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण रोक्न देशमा जारी गरिएको बन्दाबन्दीकै अवधिमा पनि काठमाडौँ उपत्यकामा समस्या भएको छ । लकडाउन लम्बिँदै जाँदा काठमाडौँ उपत्यकाभित्र सवारीको चाप बढ्न थालेको छ । यसका कारण स्थानीय प्रशासनले थप सतर्कता अपनाएको जनाएको छ। तर पनि आइतबार पनि राजधानीका विभिन्न स्थानमा सवारीको बाक्लै उपस्थिति देखिएको छ । 

काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायले गाडीको चापलाई व्यवस्थित गर्न र रोगको सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त पार्न थालेको बताएका छन् । आवश्यक अन्य सुरक्षा सावधानीसमेत अपनाउन थालिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आवश्यक सुरक्षा व्यवस्थाका साथै रोगको सङ्क्रमण भित्रिन नदिन उत्तिकै तयारीका साथ लागेको बताएका छन्।

सोही सिलसिलामा आज मात्रै प्रजिअ दाहाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसहितको टोलीले उपत्यकाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै गाडीको आवतजावत, हालको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने योजनाका बारेमा जानकारी लिएका हुन्।

“अहिलेसम्मको लकडाउनको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा उपत्यकामा हुनसक्ने सम्भावित जोखिम रोक्ने विषयमा नै हाम्रो ध्यान छ, त्यहीअनुसार आवश्यक सुरक्षा र सावधानी अपनाउन थालेका छौँ, नयाँ नयाँ स्वास्थ्य सुरक्षा रणनीतिसमेत बन्दै छ”, प्रजिअ दाहालले भने। नागढुङ्गा नाकामा भएको सवारी आवागमनको अवस्था र यहाँ हालै स्थापना गरिएको डिसइन्फेक्सन टनेल र यसको प्रभावकारिताका बारेमा समेत उनीहरुले जानकारी लिएका छन्।