२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा र हिन्दूराष्ट्र राखेर पनि देश बिकास गर्न सकिन्छ- कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दुराष्ट्र राखेर पनि मुलुकको बिकास गर्न सकिने धारणा ब्यक्त गरेका छन् ।

आज काठमाडौंको जोरपाटीमा आयोजित तीन नम्बर क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले थापाले मुलुकको सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको कारक राजसंस्था र हिन्दु धर्मलाई दिनेहरुले देशलाई असफल राष्ट्र बनाएको आरोप लगाए ।

राजा हटाउँदा , हिन्दुराष्ट्र हटाउँदा देश बन्छ भन्ने भाष्य गलत साबित भएको उनको तर्क थियो । थापाले नेपाललाई स्विजरल्याण्ड र सिङ्गापुर बनाउछौ भन्नेहरु आज कहाँ छन्? भन्ने प्रश्न गर्दै देशलाई अब थप दुर्घटनाबाट जोगाउन राप्रपा नेपाल बलियो हुनुपर्ने जिकिर गरे ।

अहिले देशलाई जबर्जस्ती हिडाईएको बाटोबाट मुलुक थप समस्याको दलदलमा फस्ने भन्दै थापाले त्रुटिपूर्ण मार्गचित्र सच्याउन जरुरी भएको समेत बताए । उनले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने दोहोर्याए ।

कार्यक्रममा उपाध्यक्ष डा.बिष्णु भण्डारी, महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्यद्वय डा.बालकृष्ण दाहाल र डा.सुदर्शन सुबेदि तथा धिरज भण्डारीले प्रशिक्षण दिएका थिए । राप्रपा नेपालले पछिल्लो समय उपत्यकाका १५ वटै क्षेत्रमा सघन प्रशिक्षण संचालन गरिरहेको पार्टीले जनाएको छ ।