२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ’



अ+ अ-

सिरहा। गोपाल सेवा समिति लहानले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा आज जेएस मुरारका बहुमुखी क्याम्पस लहानको खुल्ला मैदानमा वृक्षरोपण गरेको छ । वातावरण संरक्षणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वातावरण जोगाउन वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार, संघसंस्था र समुदायले वातावरण संरक्षण अभियानलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं लहान नगरप्रमुख महेशप्रसाद चौधरीले समितिले क्याम्पसको खुल्ला मैदानमा वृक्षारोपण गरेर वातावरण संरक्षणतर्फ जनचेतना फैलाउने प्रयास निकै सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा सेवा समितिका अध्यक्ष गणेश यादव, वातावरणविद् दिनेश यादव, क्याम्पस प्रमुख सञ्जय चौधरी, जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, समाजसेवी सत्यनारायण यादवलगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।रासस