७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास हुनुपर्छः राष्ट्रपति पौडेल

समृद्धिका लागि कला, साहित्य संस्कृतिको विकास हुनुपर्छः राष्ट्रपति पौडेल
Oplus_16908288
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि कला, साहित्य, सङ्गीत र संस्कृति अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविलाई आज यहाँ पुरस्कार वितरण गर्दै उहाँले भौतिक विकासले मात्र मुलुकको समृद्धि नहुने भएकाले प्राज्ञिक क्षेत्रको पनि विकास गरिनुपर्नेमा जोड दिनुभएको हो ।

राष्ट्रपति पौडेलले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिको साझा थलो भएकाले यसको गरिमालाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले प्राज्ञिक क्षेत्रमार्फत नेपालको पहिचानलाई विश्वमाझ चिनाउन प्रतिष्ठानको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

“संसारको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो,“नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि प्रतिष्ठानको हो । त्यसैले प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो भन्नुभयो । “साहित्य भाषाको कलात्मक अभिव्यक्ति हो । साहित्य र समाज एक अर्काका पूरक हुन् । साहित्य ज्ञान, संस्कार, संस्कृति र जीवन हो । यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ”, उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले अनुपम भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा रहेको नेपाल जस्तो देशको शान र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु हाम्रो साझा दायित्व हो । सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गरी इतिहास निर्माणमा योगदान दिने भाषा, साहित्य क्षेत्रको विकासलाई सधैँ प्राथमिकता दिनुपर्दछ ।”

राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२मा उत्कृष्ट दशभित्र पर्न सबै कविलाई सम्मानपत्र तथा पुरस्कार वितरण गर्दै बधाई तथा सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

पुरस्कार पाउनेमा अविनाश भट्टराई, कर्ण सञ्जय, किशन पौडेल, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाइँ, तुलसी केसी, रमा सुवेदी ‘मिरमा’, शमुएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सिर्जन अविरल हुनुहुन्छ ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानमा प्राज्ञ समूह आएपछि मुगुको रारामा बैठक गरी रारा घोषणापत्रमार्फत् ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल मन्त्रका आधारमा काम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले तीन वर्षदेखि कविता महोत्सवमा सबै भाषाका कविता प्रस्तुत गराई मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । प्राज्ञ सदस्य बाबा बस्नेतले विसं २०२२ देखि कविता महोत्सव सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा पुरस्कृत कविमध्येबाट कर्ण सञ्जयले मैथिली भाषा, तुलसी केसीले नेपाली र सन्ध्या महर्जजनले नेपाल भाषाको कविता वाचन गर्नुभएको थियो ।