३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरकुसेनले प्रशिक्षक टेन हागलाई दुई खेलपछि नै बर्खास्त गर्‍यो



अ+ अ-

काठमाडौँ । लिभरकुसेनले पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक एरिक टेन हागलाई दुई खेलपछि नै बर्खास्त गरेको छ ।

५५ वर्षीय टेन हागलाई गत असारमा जर्मन क्लबले नियुक्त गरेको थियो । उनले मे महिनामा जाबी अलोन्सोको स्थानमा दुई वर्षे करारमा प्रशिक्षक बनेका थिए । तर, बुण्डेसलिगाका पहिलो दुई खेलमा एक अंक मात्र हासिल भएपछि क्लबले उनलाई हटाएको हो ।

लिभरकुसेनले पहिलो खेलमा होफेनहाइमसँग २–१ ले हार बेहोरेको थियो भने दोस्रो खेलमा १० खेलाडीमा सीमित वर्डर ब्रेमेनसँग ३–३ को बराबरी गरेको थियो ।

क्लबका प्रबन्ध निर्देशक साइमन रोफ्लेसले भने “यस निर्णय लिन कसैलाई चाह थिएन, तर हालको संरचनामा सफल टिम बनाउन सम्भव नभएको प्रमाणित भयो ।”

लिभरकुसेन सीईओ फर्नान्डो कारोले भने, “सिजनको सुरुवातमै यस्तो निर्णय पीडादायी छ, तर आवश्यक थियो । हामी अझै पनि हाम्रो लक्ष्यप्रति प्रतिबद्ध छौं ।,”