२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरकुसेनले प्रशिक्षक टेन हागलाई दुई खेलपछि नै बर्खास्त गर्‍यो



अ+ अ-

काठमाडौँ । लिभरकुसेनले पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक एरिक टेन हागलाई दुई खेलपछि नै बर्खास्त गरेको छ ।

५५ वर्षीय टेन हागलाई गत असारमा जर्मन क्लबले नियुक्त गरेको थियो । उनले मे महिनामा जाबी अलोन्सोको स्थानमा दुई वर्षे करारमा प्रशिक्षक बनेका थिए । तर, बुण्डेसलिगाका पहिलो दुई खेलमा एक अंक मात्र हासिल भएपछि क्लबले उनलाई हटाएको हो ।

लिभरकुसेनले पहिलो खेलमा होफेनहाइमसँग २–१ ले हार बेहोरेको थियो भने दोस्रो खेलमा १० खेलाडीमा सीमित वर्डर ब्रेमेनसँग ३–३ को बराबरी गरेको थियो ।

क्लबका प्रबन्ध निर्देशक साइमन रोफ्लेसले भने “यस निर्णय लिन कसैलाई चाह थिएन, तर हालको संरचनामा सफल टिम बनाउन सम्भव नभएको प्रमाणित भयो ।”

लिभरकुसेन सीईओ फर्नान्डो कारोले भने, “सिजनको सुरुवातमै यस्तो निर्णय पीडादायी छ, तर आवश्यक थियो । हामी अझै पनि हाम्रो लक्ष्यप्रति प्रतिबद्ध छौं ।,”