२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागदौडका मृतकहरूको सम्झनामा आरसीबीले स्मारक निर्माण गर्ने



अ+ अ-

एजेन्सी । आईपीएल टोलि रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले विजय समारोहका क्रममा भागदौडमा ज्यान गुमाएका फ्यानहरूको सम्झनामा स्मारक (मेमोरियल) निर्माण गर्ने भएको छ ।

यसमा आरसीबीका सबैभन्दा उत्साही फ्यानहरूको नाम, उनीहरूको कथा र उनीहरूसँग जोडिएका सामग्रीहरू सुरक्षित राखिनेछ ।

फ्रेन्चाइजले यो घोषणा सोमबार आफ्नो ६ बुँदे घोषणापत्र (म्यानिफेस्टो) मार्फत गरेको हो । ‘आरसीबी केयर्स’ नाम दिइएको यस पहलअन्तर्गत भनिएको छ– “फ्रेन्चाइज अब केवल आर्थिक सहयोगमा सीमित रहने छैन, प्रभावित परिवारहरू र फ्यानहरूको सम्झनालाई जीवित राख्न ठोस कदम चाल्नेछ ।”

२ दिनअघि मात्र आरसीबीले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको थियो ।

पहिलो पटक आईपीएल जितेपछि आरसीबीले जुन ४ मा बैंगलोरमा विजय यात्राको आयोजना गरेको थियो । सो यात्राको क्रममा एम चिन्नास्वामी रंगशालाबाहिर भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

ज्यान गुमाउने सबै जना ३५ वर्षभन्दा कम उमेरका थिए । सबैभन्दा सानी पीडित १३ वर्षीया दिव्यांशी थिइन् । मृत्यु हुनेमध्ये तीन जना किशोर र छ जना युवाको उमेर २० देखि ३० वर्षबीच थियो ।