२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागदौडका मृतकहरूको सम्झनामा आरसीबीले स्मारक निर्माण गर्ने



अ+ अ-

एजेन्सी । आईपीएल टोलि रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले विजय समारोहका क्रममा भागदौडमा ज्यान गुमाएका फ्यानहरूको सम्झनामा स्मारक (मेमोरियल) निर्माण गर्ने भएको छ ।

यसमा आरसीबीका सबैभन्दा उत्साही फ्यानहरूको नाम, उनीहरूको कथा र उनीहरूसँग जोडिएका सामग्रीहरू सुरक्षित राखिनेछ ।

फ्रेन्चाइजले यो घोषणा सोमबार आफ्नो ६ बुँदे घोषणापत्र (म्यानिफेस्टो) मार्फत गरेको हो । ‘आरसीबी केयर्स’ नाम दिइएको यस पहलअन्तर्गत भनिएको छ– “फ्रेन्चाइज अब केवल आर्थिक सहयोगमा सीमित रहने छैन, प्रभावित परिवारहरू र फ्यानहरूको सम्झनालाई जीवित राख्न ठोस कदम चाल्नेछ ।”

२ दिनअघि मात्र आरसीबीले दुर्घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको थियो ।

पहिलो पटक आईपीएल जितेपछि आरसीबीले जुन ४ मा बैंगलोरमा विजय यात्राको आयोजना गरेको थियो । सो यात्राको क्रममा एम चिन्नास्वामी रंगशालाबाहिर भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

ज्यान गुमाउने सबै जना ३५ वर्षभन्दा कम उमेरका थिए । सबैभन्दा सानी पीडित १३ वर्षीया दिव्यांशी थिइन् । मृत्यु हुनेमध्ये तीन जना किशोर र छ जना युवाको उमेर २० देखि ३० वर्षबीच थियो ।