२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. बाबुराम बिरुद्ध मानव अधिकार आयोगमा उजुरी



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले  सांसद अपहरण जस्तो झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै नेकपाका सांसदद्धय महेश बस्नेत , कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीजी सर्वेन्द्र खनालले मानब अधिकार आयोगमा उजुरी दिएका छन् । 

तत्कालीन राष्ट्रिय जनता पार्टीका डा. सुरेन्द्रं यादबलाई महोत्तरी बाट अपहरण गरेको भन्दै तीनै जना बिरुद्ध जनता समाजबादी का नेताहरुले मानब अधिकार आयोगमा उजुरी परेको थियो । आज आयोगको कार्यलयमा पुगि आयोगका सदस्य प्रकाश वस्तीलाई उनिहरुले उजुरी बुझाएका छन् ।
 
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुले आफूहरुलाई हुदै नभएको आरोप लगाएर मानवअधिकार हनन गरेको भन्दै उनीहरुले आयोगमा उजुरी दिएका हुन् । अपरहणमा परेको भनिएका सासद यादबले केही संञ्चारमाध्याममा आफु अपहरणमा नपरेको र केही संञ्चारमाध्याममा अपहरणमा परेको भन्दै आउनु भएको छ ।  

यस अघि जनता समाजबादीका नेताहरु जिल्ला प्रहरी कार्यलय टेकु र सरकारी वकिलको कार्यलयमा पनि उजुरी दर्ता गराउन प्रयास गरेका थिए । राजपा नेतृत्व संग असन्तुष्ट रहेका केही सासदहरु मिलेर नया दल दर्ता गर्ने  प्रयास  गरिरहेको अबस्थामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि दुईदल बीच तिब्र बिवाद भएको थियो ।