१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले सात दिनका लागि कर्णाली प्रदेश सिल गर्ने



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने भएको छ। सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी प्रदेशका रूपमा रहेका प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।

परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

बैठकले प्रदेशभरका स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रका २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको हो । प्रदेश सरकारले नाकाहरू पूर्ण रूपमा सिल गरी अत्यावश्यक औषधि र एम्बुलेन्सबाहेक अन्य कुराको आयात–निर्यातलाई बन्द गर्ने निर्णय गरेको छ ।