६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौ । ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोनाले अंक बाँडेको हो ।

खेलको ४० औं मिनेटमा लामिने यामलको पेनाल्टी गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिएको थियो ।

यता, ६७ औं मिनेटमा फ्रान पेरेजले गोल गर्दै घरेलु टोलि रायोलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोना तीन खेलबाट ७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने रायो ४ अंकका साथ १० औं स्थानमा छ ।