१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक र खेल सामग्री वितरण



अ+ अ-

रुकुम पश्चिम। ठारौँँ पुस्तकालय दिवसका अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीबन्दीलाई पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ ।

जनविकास पुस्तकालय र पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ रुकुम पश्चिमले संयुक्तरुपमा आज उहाँहरुलाई रु ५० हजार बराबरको उक्त सामग्री वितरण गरिएको हो ।

जनविकास पुस्तकालयका सहसचिव ओमबहादुर केसीका अनुसार उपन्यास, निबन्ध, कविता, गजल सङ्ग्रहसहितका पुस्तक तथा कापी वितरण गरिएको हो ।

कैदी बन्दीलाई सृजनशील बनाउन पुस्तक उपलब्ध गराइएको उनले बताए। प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्मा, जनविकास पुस्तकालयका कार्यवाहक अध्यक्ष नारायणप्रसाद शर्मा, पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका जिल्ला अध्यक्ष कर्ण ओलीलगायतले पुस्तक तथा खेल सामग्री हस्तान्तरण गर्नुभएको हो ।