८ पुष २०८२, मंगलवार
,
Latest
यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति खाल्डोमा पुरिएर एक जनाको मृत्यु निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज लिभरपुल र आर्सनल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।

म्यान्चेस्टर सिटीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ भने वेस्टहाम र नटिङहम फरेस्ट भिड्दैछन् ।

आजको विशेष खेल गत सिजनको विजेता लिभरपुल र उपविजेता आर्सनलबीच हुँदैछ । खेल नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । जारी सिजनमा दुई खेल सकिँदासम्म दुबै टोलिले शतप्रतिशत जित निकालेका छन् ।

लिभरपुलले पहिलो खेलमा बर्नमाउथलाई ४–२ ले हराएको थियो भने दोस्रो खेलमा न्युक्यासललाई ३–२ गोलले पराजित गरेको थियो ।

अर्कोतर्फ आर्सनलले पहिलो खेलमा म्यान्चेस्टर युनाईटेडलाई १–० गोलले हराउँदा लिड्स युनाइटेडमाथि ५–० को फराकिलो जित निकालेको थियो ।

यस्तै, आज नै अन्तिम तथा तेस्रो खेलमा राति पौने १२ बजे एस्टन भिल्ला र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदैछ ।