६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियल विजयी, एट्लेटिकोले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले मलोर्कालाई २–१ गोलले हराएको हो ।

खेलको १८ औं मिनेटमा भेदात मुरीकीले गोल गर्दै मलोर्कालाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा आर्दा गुलेरले गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए । त्यसको लगत्तै एक मिनेटकै अन्तरालमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियल विजयी बन्यो । रियलको यो लगातार तेस्रो जित हो । टोलिको ९ अंक छ भने तालिकाको शीर्षस्थानमा छ । मलोर्काको भने एक अंक मात्रै छ ।

अर्को खेलमा एट्लेटिको मड्रिड अलाभेससँग बराबरीमा रोकिन पुग्यो । दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सातौं मिनेटमा नै जिलानो सिमोनेको गोलबाट एट्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो ।

१४ औं मिनेटमा कार्लोस भिसेन्टेले पेनाल्टीमा गोल गर्दै अलाभेसलाई बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले अंक बाँडे ।