१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा हिन्दु युवकलाई सैनिक विमानको पाइलट बन्ने सौभाग्य



अ+ अ-

लाहोरः इस्लामिक मुलुक पाकिस्तानमा पहिलो पटक एक हिन्दु युवक पाकिस्तानी हवाई सेनामा पाइलटमा छनौट भएका छन् ।

डेली पाकिस्तानका अनुसार राहुल देव नाम गरेका युवक पाकिस्तानी हवाई सेनाको जनरल ड्युटी पाइलट अफिसरमा नियुक्त भएका छन् ।

राहुल देव सिन्ध प्रान्तको सबैभन्दा ठूलो जिल्ला थारपारकरका स्थानीयबासी हुन् । यो जिल्ला पाकिस्तानमै सबैभन्दा बढी हिन्दुहरुको बसोबास भएको ठाउँ हो ।

अखिल पाकिस्तान हिन्दु पञ्चायत सचिव रवी दवानीले पनि पाकिस्तानी हवाई सेनामा हिन्दु युवकको नियुक्ती निकै खुशीको विषय रहेको बताएका छन् । उनले पाकिस्तानी हिन्दुहरुले पाकिस्तानको निजामती प्रशासन, सेना र मेकिडल फिल्डमा काम गरिरहेको पनि बताए ।

सन् २०१८ मा पाकिस्तान पिपुल्स पार्टीमा आबद्ध हिन्दु नेता महेश कुमार मलानीले पाकिस्तानी इतिहासमै पहिलो पटक नेसनल एसेम्ब्लीको सांसद पदमा विजय प्राप्त गरेका थिए ।