२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा हिन्दु युवकलाई सैनिक विमानको पाइलट बन्ने सौभाग्य



अ+ अ-

लाहोरः इस्लामिक मुलुक पाकिस्तानमा पहिलो पटक एक हिन्दु युवक पाकिस्तानी हवाई सेनामा पाइलटमा छनौट भएका छन् ।

डेली पाकिस्तानका अनुसार राहुल देव नाम गरेका युवक पाकिस्तानी हवाई सेनाको जनरल ड्युटी पाइलट अफिसरमा नियुक्त भएका छन् ।

राहुल देव सिन्ध प्रान्तको सबैभन्दा ठूलो जिल्ला थारपारकरका स्थानीयबासी हुन् । यो जिल्ला पाकिस्तानमै सबैभन्दा बढी हिन्दुहरुको बसोबास भएको ठाउँ हो ।

अखिल पाकिस्तान हिन्दु पञ्चायत सचिव रवी दवानीले पनि पाकिस्तानी हवाई सेनामा हिन्दु युवकको नियुक्ती निकै खुशीको विषय रहेको बताएका छन् । उनले पाकिस्तानी हिन्दुहरुले पाकिस्तानको निजामती प्रशासन, सेना र मेकिडल फिल्डमा काम गरिरहेको पनि बताए ।

सन् २०१८ मा पाकिस्तान पिपुल्स पार्टीमा आबद्ध हिन्दु नेता महेश कुमार मलानीले पाकिस्तानी इतिहासमै पहिलो पटक नेसनल एसेम्ब्लीको सांसद पदमा विजय प्राप्त गरेका थिए ।