२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनसिटीका तीनै जना फलोअपका लागि आउनुभएको हो, उनीहरुमा पुनः संक्रमण भएको भन्ने कुरा सत्य होइन :अस्पताल



अ+ अ-

काठमाडौं । पाटन अस्पतालले काठमाडौँको पेप्सीकोलास्थित सनसिटीमा अपार्टमेन्टका एक जनामा पुनः संक्रमण भएको भन्ने कुरा सत्य नभएको बताएको छ । अस्पातलले सनसिटीमा अपार्टमेन्टका तिन जना पुनः परीक्षणका लागि अस्पताल आएको बताएको हो।

अस्पतालका डा. विष्णुप्रसाद शर्माले निको भएका व्यक्तिको पनि प्रोटोकलअनुसार पुनः परीक्षण गर्नुपर्ने भएका कारण उनीहरु पुनः परीक्षणका लागि अस्पताल आएको बताए। उनले उपचारपछि निको भएर गएकाहरुको पनि निश्चित समयमा पुनः परीक्षण गर्नुपर्ने भएका कारण उनीहरु अस्पताल आएको स्वाब परीक्षणको नतिजा नआइसकेको बताए।

गत चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो। उनीहरु उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए।