१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजना निर्माणका लागि पास वितरण



अ+ अ-

काठमाडौं । लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । 

लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक ढडाउनपछि रोकिएका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाउन थालेका छन् । काम स्थगित भएको काठमाडौं महानगरपालिका अन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पहल थाल्नुभएको छ । राज्यमन्त्री मानन्धरको पहलमा निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई सवारी पास उपलब्ध गराइएको छ । समयमै कम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने सवारी पास उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडी बढ्ने संकेत देखिएको बताउनुभयो । लक डाउनका कारण रोकिएको काम अब समयमै सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिप बहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

२०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।