२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजना निर्माणका लागि पास वितरण



अ+ अ-

काठमाडौं । लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । 

लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक ढडाउनपछि रोकिएका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाउन थालेका छन् । काम स्थगित भएको काठमाडौं महानगरपालिका अन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पहल थाल्नुभएको छ । राज्यमन्त्री मानन्धरको पहलमा निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई सवारी पास उपलब्ध गराइएको छ । समयमै कम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने सवारी पास उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडी बढ्ने संकेत देखिएको बताउनुभयो । लक डाउनका कारण रोकिएको काम अब समयमै सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिप बहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

२०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।