२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



अ+ अ-

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउनलाई  लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।  

लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।