१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मेसको अनुगमन



अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसको स्थलगत अनुगमन गरेका छन् । बुधबार काठमाडौंको चमति, भुईंखेल र बुद्धपार्कमा सञ्चालित मेसको अनुगमन गरिएको हो । 

चमतिमा सञ्चालित मेसमा दैनिक करिब तीनसय जनाले खाना खाने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । मन्त्री मानन्धरले चमतिमा सञ्चालित मेसमा खाना खान आउनेका लागि ज्वरो मापन गर्नका लागि थर्मल गन उपलब्ध गराएका थिए । थर्मल गन ग्रहण गर्दै चमति ज्यापु समाजका अध्यक्ष पुर्णकाजी ज्यापुले आफुहरुको अभियानमा मन्त्रीले हौसला प्रदान गरेको बताए । 

स्वयंभुको भुईंखेलमा भने दैनिक सात सय जनाभन्दा बढीले खाना खाने गरेका छन् । स्थानीय बुद्धिजिवी र सहयोगि विभिन्न संस्थाहरुले खाना खुवाउन आवश्यक प्रवन्ध मिलाउने गरेको आयोजकले जनाएका छन् । भुईंखेलमा अहिलेसम्म २८ हजार भन्दा बढी सर्वसाधारणलाई खाना खुवाइएको आयोजकका अगुवा किरण शाहीले जानकारी दिए । दैनिक रुपमा डेढ सय मुस्लिम परिवारका लागि होम प्याकिङको समेत व्यवस्था मिलाईएको शाहीले बताएका छन् ।  

यस्तै स्वयंभुको बुद्ध पार्कमा पनि दैनिक साढे तीन सय भन्दा बढी सर्वसाधारणलाई खाना खुवाउने गरिएको मनाङ विमन्स समुहले जानकारी दिएको छ । महिलाहरुको अग्रसरतामा विभिन्न सहयोगि दाताहरुको समन्वयमा खाना खुवाईएको हो । अनुगमनका क्रममा मन्त्री मानन्धरले मानव सेवाका लागि दैनिक रुपमा खटिनेहरुको योगदान अमुल्य रहेको बताए । मन्त्री मानन्धरले विपद्को घडीमा विपन्न तथा कमजोर अवस्थाका नागरिकको रक्षाका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । 

उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसमा दैनिक पाँचदेखि सात हजारसम्मले खाना खाने गरेका छन् ।