२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा कोरोनाको कहर : पानी जहाज कार्यालयलाई करोडौको गाडी किन्ने रहर !



अ+ अ-

काठमाडौं । देशमा कोरोनाको कहर चलेका बेला नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँमा गाडी किन्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।

पानी जहाज कार्यालयले इ-विडमार्फत् दर्ता भएका बोलपत्रमध्ये नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालि गाडी खरिदका लागि छनोटमा परेको छ।

मूल्य अभिवृद्धि करसमेत गरी एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्चेर कार्यालयले गाडी लिन लागेको हो।