१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा कोरोनाको कहर : पानी जहाज कार्यालयलाई करोडौको गाडी किन्ने रहर !



अ+ अ-

काठमाडौं । देशमा कोरोनाको कहर चलेका बेला नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँमा गाडी किन्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।

पानी जहाज कार्यालयले इ-विडमार्फत् दर्ता भएका बोलपत्रमध्ये नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालि गाडी खरिदका लागि छनोटमा परेको छ।

मूल्य अभिवृद्धि करसमेत गरी एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्चेर कार्यालयले गाडी लिन लागेको हो।