२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प



अ+ अ-

काबुल। अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८.३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए। एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् । बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको महसुस गरिएको थियो । यी प्रान्तहरूको ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षति र मानवीय क्षतिको विवरण तत्काल उपलब्ध हुनसकेको छैन । विशेष गरी हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन् ।

अप्रिलमा बदख्शान प्रान्तमा गएको ५.८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो र देशका धेरै भाग प्रभावित भएका थिए । त्यस्तै सन् २०२५ अगस्टमा देशको पूर्वी भागमा गएको ६.० म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू ध्वस्त पारेको थियो भने दुई हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएकोे थियो । यसको केही साता पछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २७ जनाको मृत्यु भएकोे थियो ।

सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पहरूले सयौँको ज्यान लिएका थिए र हजारौँ घरहरू ध्वस्त भएका थिए । युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन् ।

पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो । अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ । रासस