२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतुवागढीले जुटायो २४ लाख ५३ हजार सहयोग



अ+ अ-

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो । स्थानीय सरकार, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले उक्त सहयोग सङ्कलन गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार सङ्कलित रकममध्ये सबैभन्दा ठूलो हिस्सा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट प्राप्त भएको छ । पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट रु १६ लाख दुई हजार ७७७ जुटेको छ ।

यसैगरी, गाउँपालिकाका कर्मचारीबाट रु छ लाख ७१ हजार १२७, जनप्रतिनिधिबाट रु ७९ हजार र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु एक लाख गरी कुल रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग जुटेको  प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो ।

भोटेकोशीका बाढीपीडितलाई सहयोग पुगोस् भन्ने पवित्र भावनाले सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । रासस