३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत



अ+ अ-

कास्की। पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । स्याङ्जाका लागि सलिना सेनले सर्वाधिक ४० रनको योगदान दिइन् भने अरमिना अधिकारीले ३० रन जोडिन् । सिमाना केसीले १२ रन बनाइन् । रञ्जना साउद पाँच र अन्तिमा विश्वकर्मा छ रनमा अविजित रहँदा स्याङ्जाले अतिरिक्तबाट मात्रै २७ रन प्राप्त गरेको थियो ।

नवलपुरका बलरमध्ये श्रेया शर्माले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिइन् । निहारिका शर्माले दुई तथा आयुष्मा चापागाईंले एक विकेट हात पारिन् । जितका लागि १२८ रनको लक्ष्य पछ्याएको नवलपुर नौ ओभरको पाँचौँ बलमा जम्मा ३१ रनमा समेटियो । नवलपुरका कुनै पनि ब्याटरले दोहोरो अङ्क बनाउन सकेनन् । अतिरिक्तबाट प्राप्त १४ रन नै टोलीको दोस्रो ठूलो स्कोर बन्न पुग्यो ।

स्याङ्जाको सहज जितमा सिमाना केसी र निरु जीटीले समान तीन–तीन विकेट लिए । कुसुम गोदारले दुई तथा रञ्जना साउदले एक विकेट लिइन् । ब्याटिङमा १२ रन र बलिङमा तीन विकेटसहित उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सिमाना केसी उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वतका पाँच टोली सहभागी छन् । प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

महिला क्रिकेटको स्तर उकास्दै प्रतिभावान् खेलाडी उत्पादन गर्ने तथा महिला क्रिकेटको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभा उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसअघि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य रवीन्द्रबहादुर प्रजुले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको बजेट घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले खेलाडीलाई अनुशासित, प्रतिस्पर्धी र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । प्रतियोगिता यही असार १७ गतेसम्म सञ्चालन हुनेछ । रासस