३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर



अ+ अ-

वासिङ्टन। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले दुई मध्य पूर्व विरोधीबिच शान्ति सम्झौताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा लेबनानी सैनिकले इजरायलले कब्जा गरेको दुई क्षेत्र नियन्त्रणमा लिने प्रयासका साथै हेजबुल्लाहलाई निशस्त्र पार्ने उद्देश्यले एक प्रक्रिया समावेश छ भने यो अमेरिकामा भएको पाँचौ चरणको वार्ताको परिणाम हो ।

सम्झौताले “स्थायी शान्ति र सुरक्षाका लागि आवश्यक ढाँचा बनाउन सुरु गरेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर समारोहमा बताउनुभएको छ । वासिङ्टनका लागि लेबनानका राजदूत नाडा हमादेह मोवादले सम्झौता लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता पुनः स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनुभएको छ ।

हेजबुल्लाहले मार्च-२ मा लेबनानलाई मध्य पूर्व युद्धमा ल्याएको थियो भने अमेरिका-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्याको बदला लिन इरानले इजरायललाई लक्षित गरी रकेट फायर गर्यो । जसको जवाफ इजरायलले आक्रमणको साथ दियो, र यसको सेनाले दक्षिणी लेबनानको भागमा कब्जा जारी राख्यो । इजरायल र लेबनानले “द्वन्द्वलाई निर्णायकरूपमा अन्त्य गर्ने, यसको अन्तर्निहित कारणलाई सम्बोधन गरी उनीहरूबिचको युद्धलाई औपचारिकरूपमा समाप्त गर्ने आफ्नो इच्छा घोषणा गरेका छन् ।

यसले स्थापित गरेको प्रक्रियाले लेबनानी इलाकामा सार्वभौम अधिकार पुनः स्थापित हुने आशा गरिएको छ । सम्झौताको बावजुद, इजरायल र हेजबोल्लाह राज्यको नियन्त्रण बाहिर एक शक्तिशाली सशस्त्र शाखा पनि राख्ने जनाउँदै यसले स्पष्ट मतभेद बाँकी रहेको जनाइएको छ । हेज्बुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँग लेबनानी भूमिबाट पूर्णरूपमा फिर्ता हुनुको कुनै विकल्प नभएकाले सेनाले बिना शर्त यो भुमी छोड्नेबताउनुभएको छ ।

यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सम्झौता घोषणा भएको केही समयपछि इजरायली मिडियामा साझा गरिएको भिडियोमा हेजबुल्लाहले आफ्नो हतियार नछोडेसम्म इजरायलको लेबनानबाट बाहिर निस्कने कुनै योजना नभएको बताउनुभएको छ । सम्झौता जारी गर्नु अघि, नेतान्याहूले आफ्नो सेनाले लेबनानी सेनालाई लेबनानको लिटानी नदीको दक्षिणमा र अर्को यसको उत्तरमा क्षेत्रको नियन्त्रण लिन अनुमति दिने बताउनुभएको छ ।

सम्झौता अनुसार, “एलएएफले यी क्षेत्रमा पूर्ण र प्रभावकारी सुरक्षा जिम्मेवारी ग्रहण गर्ने छ, भने अन्तर्राष्ट्रियरूपमा समर्थित पुनर्निर्माण प्रयास सुरु हुने छन्, र लेबनानी नागरिक सुरक्षितरूपमा यी क्षेत्रमा फर्कन सक्षम हुने छन् । यसैबिच रुबियोले विज्ञप्ति जारी गर्दै सम्झौताले हेजबुल्लाह र यसको पूर्वाधारलाई निशस्त्र बनाउन “स्पष्ट र संरचित प्रक्रियाका साथै सम्झौता कार्यान्वयन गर्न मद्दत गर्न अमेरिकी सुविधायुक्त सैन्य कार्य समूह पनि स्थापित गर्ने बताउनुभएको छ ।

वासिङ्टनका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्र सङ्घसँगको समन्वयमा संयुक्त राज्य अमेरिकाले मानवीय सहायताका लागि १० करोड डलर दिने पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिला प्रमुख टम फ्लेचरले सम्झौताको प्रशंसा गर्दै वासिङ्टनमा भएको हस्ताक्षरलाई “आशा र अवसरको क्षण” भन्नु भएको छ । यस अघि अमेरिकी दबाबमा, लेबनानी र इजरायली अधिकारीले अप्रिलमा वासिङ्टनमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने अप्रिल-१७ मा युद्धविराम घोषणा गरिएको थियो ।

युद्धको अन्त्य गर्न लेबनानलाई वासिङ्टनसँगको सम्झौतामा समावेश गर्न तेहरानले जोड दिएपछि यस महिनाको सुरुमा नयाँ युद्धविराम घोषणा गरिएको थियो । लेबनानी अधिकारीका अनुसार द्वन्द्वले १० लाख भन्दा बढी लेबनानीलाई विस्थापित गरेको छ भने चार हजार २०० भन्दा बढीको मृत्यु भएको छ । रासस/एएफपी