२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठकमा चर्काचर्की, अध्यक्ष ओली बैठक छाडेर बाहिरिए



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तनाबका बिच सकिएको छ । 

प्रधानमन्त्री तथा अध्यक्ष ओली र अन्य केही नेता बीच चर्काचर्की भएपछि अध्यक्ष ओली बैठक कक्षबाट  बाहिरिनु भएको थियो । यस अघि बैशाख २० गते बसेको बैठकमा नेताहरु बीच अमुर्त सहमति पछि नेताहरुले पार्टी भित्रको बिवाद सकिएको जनाएका थिए । अमुर्त सहमतिलाई मुर्तरुप दिदै भोली बस्ने स्थायी समितिको बैठकको एजेण्डा तयार पार्ने क्रममा नेताहरु बीच चर्काचर्की भएको श्रोतले जनाएको छ । 

एक ब्यक्ति एक पद , उपाध्यक्ष बामदेब गौतमको ब्यबस्थापन  र सरकार पार्टी बिच उत्पन्न असहज अबस्था , सरकार संञ्चालानमा भएका कमजोरी र समिक्षा का बिषयमा  सचिवालयका सदस्यहरु बीच तिब्र अहसमति रहदै आएको छ । आजै दिउसो अध्यक्ष केपि ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच छलफल पछि भोली ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाईएको छ ।