१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठकमा चर्काचर्की, अध्यक्ष ओली बैठक छाडेर बाहिरिए



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तनाबका बिच सकिएको छ । 

प्रधानमन्त्री तथा अध्यक्ष ओली र अन्य केही नेता बीच चर्काचर्की भएपछि अध्यक्ष ओली बैठक कक्षबाट  बाहिरिनु भएको थियो । यस अघि बैशाख २० गते बसेको बैठकमा नेताहरु बीच अमुर्त सहमति पछि नेताहरुले पार्टी भित्रको बिवाद सकिएको जनाएका थिए । अमुर्त सहमतिलाई मुर्तरुप दिदै भोली बस्ने स्थायी समितिको बैठकको एजेण्डा तयार पार्ने क्रममा नेताहरु बीच चर्काचर्की भएको श्रोतले जनाएको छ । 

एक ब्यक्ति एक पद , उपाध्यक्ष बामदेब गौतमको ब्यबस्थापन  र सरकार पार्टी बिच उत्पन्न असहज अबस्था , सरकार संञ्चालानमा भएका कमजोरी र समिक्षा का बिषयमा  सचिवालयका सदस्यहरु बीच तिब्र अहसमति रहदै आएको छ । आजै दिउसो अध्यक्ष केपि ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच छलफल पछि भोली ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाईएको छ ।