१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका नेपालीलाई तल्काल स्वदेश ल्याउनुपर्ने सांसदहरुको माग



अ+ अ-

काठमाडौं । विदेशमा रहेका नेपाल नागरिकहरुलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । 

कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन । संसद अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सांसदहरुले भारतीय सीमा क्षेत्रमा डेढ महिना देखि नागरिकहरु बसिरहेको भएपनि सरकारले प्रवेश निषेध गरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहाने विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनुपर्ने बताउनुभयो । लामो समय क्वारेन्टाइनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकहरुलाई नेपाल ल्याउन सकिए राम्रो हुने उहाँको भनाई छ ।

सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुस चरित्र भएको भएको बताउनुभयो । डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई के कारणले रोक्नुपर्यो? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस । भारतमा रहेका व्यक्तिहरुलाई त्यतीकै ल्याउनुहोस् भनेर कसैले भनेको छैन् । जुन व्यक्तिमा संक्रमण छैन त्यसलाई ल्याउनुहोस् । यहाँ ल्याएर कति दिन क्वारेन्टाइनमा राख्नुपर्ने हो राख्नुहोस् । अन्य देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेका छन् भने हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुस र अलोकतान्त्रिक चरित्र हो ।’’

सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गर्नुभयो । स्वदेश फर्किन चाहाने नागरिकहरुलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न सरकार हुनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘‘हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने ? उनीहरुलाई सुरक्षीत नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ की छैन ? ’’

सांसद दिव्यमणि राजभण्डारीले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘द्वन्दका कारण वर्षौसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ । त्यही हाम्रा दाजुभाइ दिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ । उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार ? जनपक्ष र समाजवादको कुरा गर्ने तर आवश्यकता परेको बेला जनतालाई सेवा दिन नसक्ने के सरकार ?’’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अहिले ४ लाखभन्दा बढी नागरिकले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । समिति बैठकमा मन्त्रालय प्रस्तुत गरेको प्रतिवेदनमा ४ लाख ७ हजार नागरिक नेपाल फर्किन सक्ने आंकलन गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका २ लाख ८ हजार र भिसा म्याद सकिएको र आममाफी पाएका १ लाख २७ हजार नागरिक नेपाल फर्किन चाहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।