२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ४५ दिन जारी, सवारीसाधन चेकजाँचमा कडाई



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन । 

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ४५ दिन अर्थात डेढ महिना पुगेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ । बिहीबार सम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ ५ गते सम्म लम्ब्याएको छ ।

लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन् । तर सडकमा केही अत्यावस्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरु सञ्चालनमा आएका छन् । 

प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ । प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ ।

सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसल सम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ ।