१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ४५ दिन जारी, सवारीसाधन चेकजाँचमा कडाई



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन । 

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ४५ दिन अर्थात डेढ महिना पुगेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ । बिहीबार सम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ ५ गते सम्म लम्ब्याएको छ ।

लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन् । तर सडकमा केही अत्यावस्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरु सञ्चालनमा आएका छन् । 

प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ । प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ ।

सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसल सम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ ।