१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनका बेला घरमै सामाजिक सुरक्षाभत्ता



अ+ अ-

जुम्ला । लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउन थालेका छन् । यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकामा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुर्याउन थालिएको हो । 

जिल्लाको तिला गाउँपालिकाले लकडाउनको बेला घरमै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताउनुभयो । जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयवासीको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।  

गुठीचौर गाउँपालिकाले दुई हजार १९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता वितरण गर्न रु एक करोड २६ लाख छ हजार ८०० रकम निकासा भएको जनाएको छ । ३–५ वडाभित्रका स्थानीयवासीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताउनुभयो । भौगोलिकरूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको उहाँको भनाइ छ । 

लकडाउन अवधिमा १० हजार ७०८ गृहजिल्ला आएका नागरिकमध्ये ३५६ क्वारेन्टाइनमा बसेका छन् भने ७४७ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाँच सय छ होम क्वारेन्टाइनमा बसेका छन् । आरटी पिसीआर परीक्षण ३५१ जना गरिएको छ भने र्यापिड टेष्ट २२६ को गरिएको जनाएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पिसीआर परीक्षणका लागि २२ जनाको स्वाब सङ्कलन गरेको छ । यसको नतिजा आउन बाँकी रहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।