६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

ऐतिहासिक नाच्नेडाँडामा गुञ्जिए तीजका भाका

ऐतिहासिक नाच्नेडाँडामा गुञ्जिए तीजका भाका
अ+ अ-

गण्डकी । तीज पर्व र नाच्नेडाँडाको साइनो पुरानो हो । परापूर्वकालदेखि नै यहाँ तीज मनाउने परम्परा रहेको पाकापुराना बताउँछन् । विसं १८१० मा स्थापना भएको सिद्धेश्वर शिवालय मन्दिर पििन यही रहेकाले नाच्नेडाँडाको ऐतिहासिक महत्व पुष्टि हुन्छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा तीजको पर्याय नै बनेको छ । तीज आयो कि यहाँको रौनक फेरिइहाल्छ ।

तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । यहाँ बर्सेनि तीजमा मेला लाग्छ । यसपालि पनि दुई दिनसम्म मेला चल्यो । कुनैताका स्वत:स्फूर्त ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ ।

सोमबार तीजको दर खाने दिन थियो । गाउँका छोरीचेली नाच्नेडाँडामा भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । कूर्चीदौडलगायत खेलमा रमाए । मङ्गलबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए ।

प्रतियोगितामा ११ समूहले भाग लिएको मेला आयोजक नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ महिला टुल्की दर्जी र सामाजिक अभियानकर्मी ललिता थापालाई सम्मान गरिएको उहाँले बताउनुभयो । तीज गीत तथा नृत्य प्रतियोगितामा न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कूलको समूह प्रथम भई रू २५ हजार पुरस्कार प्राप्त गर्यो । दोस्रो स्थान हासिल गरेको जनहित माध्यमिक विद्यालयले रू २० हजार, तेस्रो हुने टोल सुधार आमा समूह, हरिचौरले रू १५ हजार, गलकोट बोर्डिङ स्कूल र गोल्डेन फ्यूचर बोर्डिङ स्कूलले सान्त्वना स्थान प्राप्त गरी रू पाँच हजारका दरले पुरस्कार हात पारे ।

प्रतियोगितामा सहभागीले मौलिक सृजनामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले तीजका पुराना भाकामा महिलाका दु:ख, बेदनासहित सामाजिक विषयवस्तुलाई उठाएका थिए ।

मेलाको उद्घाटनका क्रममा गण्डकी प्रदेशसभा सदस्य दिलमाया पौवीले तीज पर्वको मौलिकतालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै महिला सशक्तीकरण र अधिकारको रक्षाका दृष्टिले पनि तीजलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धेश्वर शिवालय मन्दिरलगायत नाच्नेडाँडामा आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गलकोट–७ का वडाध्यक्ष राज थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वत:स्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।”

दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेका छन् । सोही ठाउँमा अवस्थित दुई सय ७२ वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको हो ।

तीजमा महादेवको व्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । पहिलेपहिले टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दु:ख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो । समय बदलिए पनि यो ठाउँको पहिचानलाई कायमै राख्न स्थानीय समुदाय लागिपरेका छन् । गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व रहेको छ ।

अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएका छन् । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, कुर्चीदौड, घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिन्छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजका सचिव कोपिला थापाले बताउनुभयो । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने  उहाँको भनाइ छ ।

तीजमा आउने व्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको छ ।

यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुन:निर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुन:निर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना यहाँ बन्नेछन् । रासस