६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

चर्चित कलाकारहरुका साथ नायग्रामा रहेका नेपालीहरुले यसरी मनाए तीज

चर्चित कलाकारहरुका साथ नायग्रामा रहेका नेपालीहरुले यसरी मनाए तीज
अ+ अ-

काठमाडौं । पछिल्ला केही वर्षयता तीजको रौनक स्वदेशमात्र सिमित छैन, नेपालीहरुको बसोबास भएका विश्वका एक सय भन्दा बढी देशहरुमा पनि तीज धूमधामका साथ मनाउन थालिएको छ ।

अहिले त नेपालबाट नाम चलेका कलाकारहरुलाई बोलाएर विदेशमै तीज विशेष कार्यक्रम आयोजना गर्ने चलननै चलेको छ । यो वर्ष पनि अधिकांश तीज गीतका गायिकाहरु तीज विशेष कार्यक्रममा सहभागिता जनाउन यूरोप, अमेरिकादेखि अष्ट्रेलियासम्म पुगेका छन् ।

यसै क्रममा अमेरिका बिभिन्न सहरमा सांगितिक यात्रामा रहेका कलाकार बद्रि पंगेनी , प्रताप दाश , एलिना चौहान , कला लम्साल लगायतका कलाकारहरुले न्यूयोर्कको नायग्रा फल्स बरपर रहेका नेपाली माझ तीज मनाएका छन् ।

नायग्रा फल्स नजिकै रहेको द लुक्ला हिमालयन एण्ड साउथ इण्डियन किचनमा आयोजना गरिएको कार्यक्रममा  उल्लेख्य संख्यामा उपस्थित नेपालीहरु माझ कलाकारहरुले आफनो प्रस्तुती दिदै नचाएका थिए । कार्यक्रममा विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको संयोजन गर्नुभएका मध्येका एक लोकनाथ अधिकारीका अनुसार तीजका कारण यस क्षेत्रमा बसोबास गरिरहेका नेपाली एकै ठाउँमा जम्मा भएर निकै रमाईलो गर्ने अबसर जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “विदेशमा रहँदा यस्ता चाडपर्वले नेपालीहरूको आपसी सद्भावना र भाइचारा बढाउने गरेको छ । साथै नयाँ पुस्तालाई हाम्रो कला संस्कृति र संस्कार बुझाउने माध्यम पनि भएको छ ।”

कार्यक्रममा सहभागी भएकाहरुले सामुहिक रुपमा भेला भएर तीज मनाउँदा अमेरिकामा पनि माइतीको न्यास्रो मेटिएको अनूभूति गरेको बताए ।