२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनको ४६ औं दिन जारि, विगतका दिनभन्दा बाक्लो सवारी साधन चल्दै



अ+ अ-

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ । 

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भिडभाड बढेको छ । उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् । मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ । सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन् ।  

सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्रि वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ ।