२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिगो विकासको निर्धारित लक्ष हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सरकारलाई सुझाव दिएको छ । 

शुक्रबार विज्ञ र सांसादहरुसँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष हासिल हुनेगरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो । समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताउनुभयो ।

दिगो विकासका निर्धारित लक्ष्यहरु जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि प्रतिवद्ध रहेपनि त्यसका लागि चालिएका कदम र प्रयासहरु प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उहाँले बताउनुभयो । विज्ञहरुले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावदी दिइरहेका बेला त्यसतर्फ सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

सभापति भट्टले सरकारका नीति कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउन तर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताउनुभयो ।

वातावरण विज्ञ शिलशिला आचार्यले डिजेट, पेट्रोल र ठूला होटलहरुको बैकल्पहरुमा सोच्नसकेमा मात्रै पनि वातावारण संरक्षण गर्न सकिने बताउनुभये । नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूलो होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद भैरव बहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेको बताउनुभयो । सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।