२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१२ सांसदको कोरोना रिपोर्ट नेगेटिभ, प्रधानमन्त्रीको रिपोर्ट आउन बाँकी



अ+ अ-

काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।

उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यस्तै प्रधानमन्त्री  कोरोना परीक्षणको लागि केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। चिकित्सकले शुक्रबार मध्यान्ह १२ बजेतिर उनको थ्रोट स्वाब संकलन गरेका हुन्। कोरोना रिपोर्ट आउन बाँकी रहेको बालुवाटार स्रोतले जानकारी दियो।

बिहीबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ।