६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

टोखामा बाल्यकालको झल्को दिने ‘उ बेलाको तीज’

टोखामा बाल्यकालको झल्को दिने ‘उ बेलाको तीज’
अ+ अ-

काठमाडौं । संस्कृतिको धरोहर मानिने तीज पर्व नजिकिँदै गर्दा यस वर्ष राजधानीमा केही फरक माहोल देखिएको छ। आधुनिक शैलीका तीज गीतहरू बजारमा छाउन थालेको समयमा गायक नविन पौडेलले भने पुराना र बिर्सिँदै गएका तीज भाकाहरूलाई पुन: स्मरण गराउने अभियान सुरु गरेका छन्।

यसै अभियान अन्तरगत गायक पौडेलले टोखा नगरपालीकाको आयोजना र स्वीकृत इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तिलिङ्गाटार माध्यामिक बिद्यालयको प्राङ्गणमाएक कार्यक्रम गरी पुराना भाकाहरु सुन्ने चाजोपाजो मिलाए । उनको यो अभियानले ले केवल संगीत प्रेमी मात्र होइन, संस्कृति प्रेमीहरूलाई समेत आकर्षित गरेको थियो ।

“हाम्रो आमा–बुबा पुस्ताले गाइरहेका तीज भाकामा जीवन दर्शन, माया, पीडा र संस्कृति मिसिएको पाइन्छ। आज ती भाकाहरू हराउँदै गएका छन्, म त्यही भाका नयाँ पुस्तालाई सुनाउन चाहन्छु,” नविनले भने यस्ता अबसरले गाउँघरमा गुञ्जिने मौलिक स्वादलाई फेरि जिवन्त बनाउन सकिने उनको विश्वास छ।

नविनको यस पहल उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन्। उनिहरुले भने “यो अभियान केवल गीतको पुनर्जीवन मात्र होइन, सांस्कृतिक सम्पदाको संरक्षण पनि हो। यसले नयाँ पुस्ता र पुराना पुस्ताबीच पुलको काम गर्नेछ,”

तीजलाई केवल नृत्य र मनोरञ्जनको पर्व मात्र नभई सांस्कृतिक पहिचान र जीवन मूल्यलाई बुझ्ने माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने कार्यक्रमका प्रम्ुख अतिथी टोखा नगरपालीका प्रमुख प्रकाश अधिकारीले बताउन भयो । उहाँले यस्ता अभियानका लागि नगरपालीले निरन्तर सहयोग गर्ने बचन दिनुभयो ।

कार्यक्रममा बरिस्ठ कलाकारहरुले आफना सृजना मार्फत स्रोता तथा दर्शक लाई मनोरञ्जन दिलाउनु भएको थियो । कार्यक्रम राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल अन्तर्गत ॐकारेश्वर भजन समुहले सुन्दर प्रस्तुती दिएको थियो । कार्यक्रममा कलाकार प्रेमराजा महत, राम प्रसाद खनाल, शिव नारायण जोशी, चन्द्रकला शाह, अमर बिरही गुरुङ, प्रजापति पराजुली, शान्ति गुरुङ, बालुमाया पुन, दुर्गा रायमाझी, नारायण लेकाली, इन्द्र जिसी, खड्क बुढा, लिलावती बुढा, शिबु गिरि ,लक्ष्मी न्यौपाने, कृष्ण कडेल, रेशम सापकोटा, शान्ता न्यौपाने, सीता थापा लगायत टोखाका स्थानीय प्रतिभाहरूले समेत प्रस्तुति दिएका थिए ।

सो अबसरमा समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै टोखा नगरगानकी रचनाकार रेणु अधिकारी मौनता, कल्पना थापा, बिजयकान्त घिमिरे, शेषनारायण पोखरेल लगायत डेढ दर्जन समाजसेवीहरु लाई सम्मान गरिएको थियो । भने केही संञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक देखी सबै उमेर समूहका व्यक्तिहरुको उपस्थिती रहेको थियो । उपस्थित सबैलाई दर समेत खुवाईएको थियो ।

यस वर्ष तीजमा उनका संकलित पुराना भाका सार्वजनिक हुने तयारी छ। श्रोतामाझ नयाँ तर पुरानो स्वाद दिन सफल भएमा यो अभियानले भोलि धेरै कलाकारलाई पनि प्रेरणा दिने निश्चित छ।