१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा विद्युतको प्रभावकारी वितरण गर्न उर्जामन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मधेस प्रदेशमा विद्युतको प्रभावकारी वितरणका लागि निर्देशन दिनुभएको छ ।

बिहीवार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा विद्युत आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुग्नुभएका मन्त्री खड्काले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सिञ्चित गर्नका लागि आवश्यक विद्युत प्रभावकारी रुपमा वितरण गर्न निर्देशन दिनुभयो । उहाँले मधेस प्रदेशमा विद्युत चोरी बढी हुने भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरु मर्मत गर्न पनि निर्देशन दिनुभयो । सहज र सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत प्रशारण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका छौँ । सिञ्चित गर्न कसरी विद्युत प्रवाह गर्ने, आवश्यक पर्ने विद्युत कसरी पु¥याउने भन्ने विषयमा निर्देशन दिइएको छ । चोरी अलि बढी छ विद्युतको मधेस प्रदेशमा त्यसलाई नियन्त्रण गर्ने र सुरक्षित विद्युत पु¥याउने हो । ट्रान्समिसन लाइन, ट्रान्सफर्मरहरु पुराना भइसकेका छन्, त्यसको भार थाम्नलाई गाह्रो भइरहेको छ । त्यसको व्यवस्थापन राम्रो ढंगले गर्न निर्देशन भएको छ । सहज र सुरक्षित ढंगले विद्युत आपूर्ति गर्ने र सुख्खा यामलाई ध्यानमा राखेर सिंचाईको लागि विद्युत प्रशारण गर्ने हो ।’

मन्त्री खड्काले धान रोपिसकेपछि पानीको अभाव हुने कुरालाई ध्यानमा राखेर नहर बनाउने र पुराना संरचनालाई दुरुस्त बनाउने काम गर्न निर्देशन दिएको बताउनु भयो ।