२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या



अ+ अ-

एजेन्सी । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार विस्थापितहरूका लागि पालहरू र अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको भेलालाई लक्षित इजरायली गोलाबारी र गोलीबारीबाट ३० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले दक्षिणी गाजाको रफाहको उत्तरमा सहायता केन्द्रहरू नजिक गोलीबारी गर्दा दुई जनाको मृत्यु भएको छ भने खान युनिसको मावासी क्षेत्रमा अर्को एक जनाको मृत्यु भएको छ । मध्य देइर अल–बलाहमा अबु सफार मल नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने नेत्जारिम जंक्शन नजिकै भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन् ।

बसालका अनुसार खान युनिसमा रहेको विस्थापन पालमा भएको आक्रमणमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गाजा शहर र खान युनिसको पश्चिममा थप आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने देइर अल–बलाहको दक्षिणपूर्वमा किसुफिम क्षेत्र नजिकै इजरायली गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ । देइर अल–बलाहको अल–बसाह क्षेत्रमाविस्थापन पालमा भएको आक्रमणमा एकदेखि १३ वर्ष उमेरका तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताउनु भयो ।

यसैबीच मध्य गाजाको सलाह अल–दिन स्ट्रिटमा रहेको सहायता वितरण बिन्दु नजिकै नागरिक भेलामा भएको आक्रमणपछि अल–अवदा अस्पतालले दुई जनाको शव र सात जना घाइते भएको रिपोर्ट गरेको छ । यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो हमलाहरू तिब्र बनाएसँगै १० हजार ४ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । ४४ हजार १ सय ८९ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ६२ हजार ४ पुगेको छ । १ लाख ५६ हजार २ सय ३० जना घाइते भएका छन् ।