३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या



अ+ अ-

एजेन्सी । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार विस्थापितहरूका लागि पालहरू र अमेरिकी समर्थित सहायता वितरण केन्द्रहरू नजिकै प्यालेस्टिनीहरूको भेलालाई लक्षित इजरायली गोलाबारी र गोलीबारीबाट ३० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले दक्षिणी गाजाको रफाहको उत्तरमा सहायता केन्द्रहरू नजिक गोलीबारी गर्दा दुई जनाको मृत्यु भएको छ भने खान युनिसको मावासी क्षेत्रमा अर्को एक जनाको मृत्यु भएको छ । मध्य देइर अल–बलाहमा अबु सफार मल नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने नेत्जारिम जंक्शन नजिकै भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको छ । धेरै घाइते भएका छन् ।

बसालका अनुसार खान युनिसमा रहेको विस्थापन पालमा भएको आक्रमणमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गाजा शहर र खान युनिसको पश्चिममा थप आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने देइर अल–बलाहको दक्षिणपूर्वमा किसुफिम क्षेत्र नजिकै इजरायली गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ । देइर अल–बलाहको अल–बसाह क्षेत्रमाविस्थापन पालमा भएको आक्रमणमा एकदेखि १३ वर्ष उमेरका तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताउनु भयो ।

यसैबीच मध्य गाजाको सलाह अल–दिन स्ट्रिटमा रहेको सहायता वितरण बिन्दु नजिकै नागरिक भेलामा भएको आक्रमणपछि अल–अवदा अस्पतालले दुई जनाको शव र सात जना घाइते भएको रिपोर्ट गरेको छ । यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको हो । इजरायलले आफ्नो हमलाहरू तिब्र बनाएसँगै १० हजार ४ सय ६० प्यालेस्टिनीहरू मारिएका छन् । ४४ हजार १ सय ८९ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ६२ हजार ४ पुगेको छ । १ लाख ५६ हजार २ सय ३० जना घाइते भएका छन् ।