१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज लकडाउनको ५१ औ दिन जारि, हेरौ राजधानीमा देखिएका यी १० तस्विर



अ+ अ-

काठमाडौं । कोभिड—१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ ।  

गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबार देखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप बढेको छ । बुधबार काठामाडौं उपत्याकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छैन् । विभिन्न उद्योग, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारी साधनको चाप अत्याधिक छ । मंगलबार देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण बढेपछि भने जनजीवन फेरी प्रभावित भएको छ । तरपनि सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाप बढेको छ । सडकमा समेत विगतमा भन्दा मानिसहरुको आवागमन केही बाक्लो देख्न सकिन्छ । विभिन्न खाद्य पसल, औषधि पसल लागयतका सबै खालका पसलहरु सञ्चालनमा आएका छन् । यस्तै मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावस्यक वस्तुहरु किनमेल गरिरहेका छन् । 

सरकारले गत साता खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको थियो । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ । 

यस्तै उपत्यकामा सवारी सञ्चालनको लागि आइतबार देखि टाइम कार्डको व्यवस्था गरेको थियो । जसले गर्दा विहान ९ बजेदेखि ११ बजे सम्म र दिउसो ४ बजेदेखि साँझ ६ बजे सम्म सवारी साधनको चाप अत्याधिक हुने गरेको छ ।