२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

दौरा सुरवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौता गरे : सांसद सिंह



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सांसद मृगेन्द्र कुमार सिंहले दौरा सुरवाल र टोपी लगाउनेहरुले भारतसँग राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाउनुभएको छ ।  

भारतले नेपाली भूमि मिचेको विषयमा सरकारलाई पूर्व जानकारी रहेको उल्लेख गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । कोसी, गण्डकी, महाकाली र टनकपुर सम्झौताहरु धोती, कुर्था र गम्छा लगाउने मधेशी नागरिकले नभइ दौरा, सुरवाल र टोली लगाउनेले गरेको उहाँले बताउनुभयो । भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा प्रधानमन्त्रीले जानकारी थिएन भन्नु ‘म कुटे जस्तो गर्छु तिमि रोएजस्तो गर’ भनेजस्तै भएको बताउनुभयो । ‘‘भारतका रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरेपछि थाहा पायो नेपाल सरकारले । के रातारात सडक बनेको हो ? पहिलेदेखि नेपाल सरकारलाई थाहा थियो । यहाँ कोसी गण्डकी, महाकाली, टनकपुर जति सम्झौता भएका छन त्यो धोती कुर्था र गम्छा लगाउनेले गरेका छैनन् । त्यो जम्मै दौरा सुरवाल र टोपी लगाउनेले गरेका हुन् । अहिले पनि त्यो सडक बनिराखेको छ । हाम्रो प्रधानमन्त्रीलाई थाहा थिएन रे । त्यो समयमै कुरा उठाउनु पथ्र्यो, रोक्नु पथ्र्यो । नत्र यो त म कुटे जस्तो गर्छु तिमि रोएजस्तो गर्नु भन्ने उखान चरितार्थ भइराखेको छ ।’’

भारतले नेपाली भूमिमाथि आक्रमण गरे मधेशी जनताले गरेको भन्ने निराधार अरोप लाग्ने गरेको उल्ल्ेख गर्दै उहाँले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि ज्यानको बाजी लगाउन तयार रहेको बताउनुभयो । ‘‘हामी यसमा स्पस्ट छौं नेपालको एक इन्च भूमिको लागि पनि हामी मर्न तयार छौं । हाम्रो दल पनि, सार्वभौंम राष्ट्रको स्वाभिमानी नागरिक हामी पनि हौं । हामीलाई शंकाको दृष्टिले नहेरियोस ।’’

कोभिड- १९ नियन्त्रणका लागि सरकारले गम्भिर कदम चाल्न नसकेको उाँले बताउनुभयो । दिनदिनै संक्रमितको संख्या बढिरहेका बेला परीक्षण किटको अभाव रहेको उल्ल्ेख गर्दै उहाँले सीमा क्षेत्रमा अलपत्र नागरिकहरुलाई व्यवस्थित रुपमा स्वदेश ल्याउन प्रवन्ध मिलाउन पनि आग्रह गर्नुभयो । 

सांसद जीवन बुढाले कोरोनाको संक्रमणबाट ढिलो चाँडो मुक्ति पाइएपनि भारतको संक्रमणविरुद्ध लड्न ‘केमिकल उत्पादन’ गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘‘कोरोना भाइरसबाट संक्रमित छौँ । तर हामी छिमेकी भारतबाट पनि संक्रमित छौँ । कोरोना भाइरस आउने जाने भाइरस हो । यसको औषधि विज्ञले पनि बनाउलान् । संसारभरीका विज्ञहरुको पनि सहयोग प्राप्त गरौँला । तर भारतजस्तो भाइरसको हामीले केमिकल एक्लै उत्पादन र प्रयोग गर्नुपर्ने छ । जुन २०४ वर्ष देखि लागेको छ र आजसम्म छोडेको छैन् । यसको उपचार हाम्रो मुल उपचार हो ।’’

सञ्चारमाध्यम समाचार आएपछि काठमाडौंमा रेलिङ भाँच्ने प्रचलन नौलो नभएपनि नागरिक र सीमा क्षेत्रको रक्षाका लागि सरकारले गर्नुपर्ने काम केही गर्न नसकेको बताउनुभयो । सीमा समस्या समाधानका लागि भारतसँग औपचारिक संयन्त्र बनाएर वार्ता गर्न पनि उहाँले आग्रह गर्नुभयो । सीमा क्षेत्रमा तारबार गरेर मात्रै समस्या समाधान नुहने भन्दै उहाँले सीमा क्षेत्रमा व्यस्ती व्यवस्थापन र भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।