१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय केन्द्रीय प्रहरीका क्यान्टिन र स्टाेरमा अब स्वदेशी उत्पादन मात्र



अ+ अ-

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग बढाउने घोषणा गरेको भोलिपल्टै केन्द्रीय गृहमन्त्री अमित शाहले गृह मातहतका केन्द्रीय सशस्त्र प्रहरी बलहरुले संचालन गर्ने क्यान्टिन र स्टाेरमा स्वदेशी उत्पादन मात्र प्रयोग गर्न निर्देशन दिएका छन् ।

हाल भारतीय सशस्त्र प्रहरीमा करिब १० लाख जवान छन् । उनीहरुका आश्रित परिवारका लागि समेत क्यान्टिनको व्यवस्था गरिएको छ ।

यो नियम आगामी जुन १ तारिखबाट लागू हुनेछ ।

भारतीय केन्द्रीय सशस्त्र प्रहरी अन्तर्गत केन्द्रीय प्रहरी बल, सीमा सुरक्षा बल, सिआइएसएफ, आइटिबिपी, एनएसजी र आसाम राइफल्स रहेका छन् ।

यी संस्थाबाट वार्षिक करिब २,८०० करोड भारतीय रुपैयाँ बराबरको सामान बिक्री हुने गरेको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ ।