१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमको प्रश्नः ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ?’



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले निर्वाचन प्रायोजनका लागि दल दर्ता नहुनुमा आफ्नो कमजोरी नभएको बताएका छन् । मंगलबार सामजिक सञ्जालमार्फत चौधरीले आफू अध्यक्ष नभएकाले त्यसमा आफ्नो कमजोरी नभएको प्रस्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रीय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रीय समितिको बैठक बसाउने, न लेखापरीक्षण गराउने, न पार्टीलाई चलायमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रीय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकी मनोनीत साथीहरूलाई अद्यावधिक गराइदिनु, टण्टै साफ ।’

यस्तै, उनले दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै नजितिने जिकिर समेत गरेका छन् । उनले अगाडि भनेका छन्, ‘दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन, सहयोद्धा पनि हौं । रह्यो कुरा रुपन्देहीको । हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक व्यक्ति हो । यही सातादेखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन, समाधान तिर लागौं । पार्टी विभाजनका सहयोगीलाई दलबाट मात्रै होइन, समूहबाटै बहिष्कार गरौं ।’

केही दिनअघि रेशम पक्षले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर उनका पिता लालबीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर भेला अवैधानिक भन्दै निर्वाचन आयोगले उक्त निर्णयलाई मान्यता दिएन ।